खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध गुल्सन झाले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले आठौँ ओभरमा दुई विकेट गुमाएको हो । गुल्सनले ७.१ ओभरमा रोहन रंगराजनलाई सन्दीप जोराबाट क्याच गराएका थिए । ७.५ ओभरमा अमात्र्या कौललाई आफैँले क्याच गरी पभेलियनको दिशा देखाए । रंगराजनले ३० बलमा ४६ रन जोड्दा कौल ‘डक’ भए ।
खेलको आठ ओभर समाप्त हुँदा सिंगापुरले चार विकेट गुमाएर ५५ रन जोडेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० ०९:४८
प्रतिक्रिया दिनुहोस्