site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका सुरेन्द्रन चन्दमोहनलाई सन्दीपले बोल्ड गरे । चन्द्रमोहन ६ रनम पभेलियन फर्किए ।

Dabur Nepal
NIC Asia

खेलको सात ओभर समाप्त हुँदा सिंगापुरले दुई विकेट गुमाएर ५२ रन जोडेको छ ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro