site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डले भने– शान्ति सेनामा नेपालले गरेको योगदानानुसार सम्मान होस् 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा नेपाली सेना र प्रहरीले गरेको योगदानानुसारको सम्मान गर्न आग्रह गरेका छन् । आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको शिष्टाचार भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

चारदिने नेपाल भ्रमणको सिलसिलामा आइतबारै बिहान काठमाडौं आइपुगेका गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

“उहाँ (गुटेरेस)ले शान्ति सेनामा खटिएका नेपाली सेना र प्रहरीको प्रशंसा गर्नुभयो,” भेटवार्तापछि मिडियासँग प्रधानमन्त्री प्रचण्डले भने, “हामीले गरेको योगदानानुसार फिल्डमा पनि र हेडक्वाटरमा पनि उचित सम्मान होस् भन्ने कुरा हामीले राख्यौँ ।”

Dabur Nepal
NIC Asia

परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटेपछि गुटरेसले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

“सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय हितका र अहिलेका राष्ट्रिय र अन्तर्राष्ट्रिय हितका विषयमा विश्वासका साथ अहिले हामीले छलफल गर्‍यौँ,” प्रधानमन्त्री प्रचण्डले भने ।

भेटमा विशेष गरी जलवायु परिवर्तनका विषयमा गम्भीर छलफल गरिएको उनले बताए । “जलवायु परिवर्तनका नेपालमा नकारात्मक परिणाम छन् । त्यसलाई कम गर्न अन्तर्राष्ट्रिय समुदाय र मुख्यतय संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेल्नुभएको भूमिकाको प्रशंसा गर्‍यौँ,” उनले भने ।

आउँदा दिनमा राष्ट्रसंघसँग अझ ठूलो सहयोगको अपेक्षा राखिएको समेत उनले बताए । भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा पनि छलफल गरिएको थियो ।

“नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ, यसलाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा उहाँको भूमिका महत्त्वपूर्ण हुने हामीले कुरा गर्‍यौँ,” उनले भने ।

भेटमा नेपालको आर्थिक विकास र समृद्धिका विषयमा समेत छलफल गरिएको उनले जानकारी गराए । नेपाल अल्प विकसित राष्ट्रबाट ‘अपग्रेड’ हुँदै गर्दा यस प्रक्रियालाई सहज बनाउन सघाउन महासचिवलाई आग्रह गरिएको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro