site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीसँगको बैठकबारे प्रचण्डको ब्रिफिङ : गणतन्त्रवादीको बैठक छिट्टै बस्दै छौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । 

शुक्रबार सिंहदरबारमा ओलीसँग भएको समझदारीबारे आज (आइतबार) बिहान बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका हुन् ।

Argakhachi Cement Island Ad

ओलीसँगको भेटमा पछिल्लो समय परिवर्तन विरोधी प्रवृत्ति बढेको भन्दै त्यसलाई निस्तेज पारेर जाने समझदारी भएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका छन् । 

गणतन्त्रवादीहरूको बैठक छिट्टै बस्ने समझदारी नेताहरूबीच बनेको छ । 

“एमाले अध्यक्षसँग गणतन्त्रवादी सत्ता पक्ष र विपक्षी दलहरूको बैठक बस्ने समझदारी भएको छ । बैठक केही दिनमा नै बस्छौँ  भनेर अध्यक्षले जानकारी गराउनुभयो,” माओवादी सचिव दिनानाथ शर्माले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्