site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीपलाई समेट्दै ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौं । घरेलु मैदानमै हुने ट्वान्टी–२० विश्वकप छनोटका लागि स्पिनर सन्दीप लामिछानेलाई समेट्दै नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

सोमबारदेखि सुरु हुने छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् । देसाईले घोषणा गरेको टिममा सन्दीप फर्किएका छन् । यसअघि सन्दीपले व्यक्तिगत कारण देखाउँदै ट्वान्टी–२० त्रिदेशीय शृंखला खेलेका थिएनन् ।

Dabur Nepal
NIC Asia

नेपालले विश्वकप छनोटको तयारीका लागि घरेलु मैदानमै युनाइटेड अरब इमिरेट्स (यूएई) र हङकङ सम्मिलित त्रिदेशीय शृंखला खेलेको थियो । शृंखलाको फाइनलसम्मको यात्रा तय गरे पनि यूएईसँग चार विकेटले पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको थियो ।

विश्वकप छनोटको एसिया क्वालिफायर नेपालमा कात्तिक १३ गतेदेखि सुरु हुँदै छ । छनोटमा कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् ।

12-1698464627.jpg


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro