site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कति छ आज काठमाडौंको तापक्रम ?
फाइल तस्बिर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा आज बिहान ५ : ४५ को तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । १० डिग्री सेल्सियसमा झरिसके पनि तीन दिनदेखि भने काठमाडौंको तापक्रम केही बढेको हो । 

“सोमबार, मंगलबार र बुधबार १० डिग्री सेल्सियससम्म झरे पनि त्यसयता भने तापक्रम बढेको छ,” मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीसँग भनिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनका लागि तापक्रम बढे पनि अब क्रमशः चिसो बढ्ने उनको भनाइ छ । “अब चिसो एक्कासी नबढे पनि क्रमशः अलिअलि गर्दै तापक्रम घट्दै जानेछ,” उनी भन्छिन्, “अधिकतम र न्यूनतम दुवै तापक्रम अब क्रमशः घट्दै जान्छ । त्यसैले अब चिसोबाट बच्न सचेत हुनुपर्छ ।” 

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २५–२७ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मानन्धर बताउँछिन् । 

Global Ime bank

हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
    
आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।

पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement