site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दलहरूका चियापान केका निम्ति ? 
नेपाली कांग्रेसले गत वर्ष आयोजना गरेको चियापानको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । बडादसैँ, तिहार, छठजस्ता पर्वका अवसरमा दलहरूले चियापान कार्यक्रम आयोजना गर्दै आएका छन् । विशेष गरी नेपाली कांग्रेस र नेकपा (एमाले)ले चियापानलाई निरन्तरता दिइरहेका छन् ।

कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसरमा चियापान गर्दै आएको छ । तिथिमिति नतोकिए पनि केही वर्षयता एमालेले चियापान गर्दै आएको छ ।

यो वर्ष कांग्रेसले कात्तिक ११ गते चियापान कार्यक्रम आयोजना गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमै चियापन आयोजना गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

राजनीतिक दलका नेता, सांसद, मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख, कूटनीतिज्ञलगायत १० हजारजनालाई चियापनको निम्ता कार्ड पठाइएको उनले बताए ।

संसद्को दोस्रो ठूलो दल एमालेले कात्तिक १४ गते चियापन कार्यक्रम आयोजना गरेको छ । चियापान पार्टी केन्द्रीय कार्यालय च्यासलमै गरिनेछ ।

पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार राजनीतिक दलका नेता, सांसद, मन्त्रीसहित कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका पदाधिकारीलगायत व्यक्तिलाई चियापानमा निम्तो दिइएको छ ।

किन गरिन्छ चियापान ? 
एकार्काप्रति कटाक्ष गरिरहने नेताहरू चियापान कार्यक्रममा एकै ठाउँमा देखिन्छन् । यस्ता कार्यक्रमले नेताहरूबीचको तिक्तता कम हुने उनीहरूको विश्वास छ ।

यस्ता कार्यक्रमले तिक्तता मेटाउन भूमिका खेल्ने कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्मा बताउँछन् । “यस्ता कार्यक्रमले दलहरूबीचको तिक्तता हटाउन, भ्रातृत्व बढाउनका लागि मद्दत गर्छ,” उनी भन्छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro