site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान : १० हजारलाई निम्ता कार्ड 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गरेको चियापानका निम्ति १० हजारजनालाई निम्ता कार्ड बाँडिएको छ ।

चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ ।

“चियानमार्फत शुभकामना आदानप्रदानले राजनीतिक तिक्ततालाई सद्भावमा बदल्ने र सामाजिक विसंगतिलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरेका छौँ,” कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, “हामीले सद्भावको संस्कृतिलाई निरन्तरता दिएका हौँ ।”

उनले १० हजार निमन्त्रण कार्ड बाँडिएको जानकारी दिए । सार्वजनिक निमन्त्रणा पनि गरिएकाले सर्वसाधारणको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको उनले बताए ।

बीपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक हरेक वर्ष निरन्तरता दिइएको छ ।

०३३ साल पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए । त्यति बेला राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए । बीपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न सुरु गरेका थिए ।

त्यसयता कांग्रेसले कोजाग्रत पूर्णिमाकै दिन संस्कृतिका रूपमा चियापान आयोजना गर्दै आएको छ । त्यति बेला प्रतिबन्धमा राजनीतिक दल र सर्वसाधारणबीच भेटका निम्ति सुरु गरिएको चियापान पछिल्लो समय प्रमुख दलका नेताहरू सँगै बसेर सार्वजनिक रूपमा प्रतिबद्धता जनाउने पर्वका रूपमा विकास भएको छ ।

कांग्रेसले सुरु गरेको चियापान संस्कृति पछिल्लो समय नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले पनि अनुकरण गरेका छन् । एमालेले यो वर्ष कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro