site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटनामा परेका पाइलट सेढाईंको निधन

काठमाडौं । दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ । असोज २७ गते दुर्घटनामा परेका पाइलट सेढाईंको उपचारका क्रममा निधन भएको हो । 

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले जनाएको छ । दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

123-1698204716.jpg

सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालले थप उपचारका लागि  मुम्बई रिफर गरेको थियो । पाइलट सेढाईंले उडाएको हेलिकोप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो ।  

मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलट घाइते (भिडियोसहित)

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्