site stats
बाह्रखरी :: Baahrakhari
देश
मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलट घाइते (भिडियोसहित)

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । ९एनएएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको हो ।

सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

Argakhachi Cement Island Ad

मनाङ एयर स्रोतले दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् ।

प्रत्यक्षदर्शीले उपलब्ध गराएको एक भिडियोमा दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको देखिएको छ ।

“आज वेदर पनि एकदमै राम्रो थियो, कसरी दुर्घटनामा पर्यो भन्न सकिने अवस्था छैन,” स्रोतले भन्यो, “घाइते पाइलटलाई अहिले लुक्ला ल्याइएको छ ।”
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्