site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश
तस्बिर : एएफपी ।

गाजा सीमा (इजरायल) । आवश्यक सहायता लिएर गएको सवारीसाधनको तेस्रो समूह इजिप्टसँगको रफाह ‘क्रसिङबाट गाजामा प्रवेश गरेको सीएनएनले जनाएको छ ।

२० लाखभन्दा बढी नागरिकको घर गाजाले इजरायलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ ।

शनिबार र आइतबार कुल ३४ ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्‍याएका थिए । यी प्रयासका बाबजुद मानवअधिकार संस्थाहरूले प्यालेस्टाइनी क्षेत्रसम्म पर्याप्त रूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघका विज्ञले आइतबार गाजामा इजरायलको कारबाहीलाई मानवताविरुद्धको अपराधसरह भएको घोषणा गरेका थिए ।

गाजाका निम्ति इजरायलको सीमा क्रसिङ बन्द गरिएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टाइनी क्षेत्रमा सहायता सामग्री पुर्‍याउने एक मात्र व्यावहारिक मार्ग बनेको सीएनएनले जनाएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro