site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपप्रधानमन्त्री श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारियो 
फाइल तस्बिर ।

काठमाडौं । हृदयघात भएपछि चीनको बेइजिङमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । 

नेपाली समयअनुसार शुक्रबार बिहान ९ बजे जनरल वार्डमा सारिएको श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बाह्रखरीलाई जानकारी दिए । 

“उपप्रधानमन्त्रीज्यूको स्वास्थ्यमा राम्रो सुधार भएको छ । उहाँलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । उहाँ अहिले कुराकानी गर्न सक्नुहुन्छ,” गिरीले भने । 

उनलाई चीन भ्रमणकै क्रममा बेला बिहीबार बिहान बेइजिङमा हृदयघात भएको थियो । त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । 

उनको पेकिंग युनियन मेडिकल कलेज अस्पतालमा उपचार चलिरहेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको अस्पतालले जनाएको छ । 

उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको थियो भने त्यसलाई कम गर्न तुरुन्तै  ‘स्टेन’ राखिएको थियो । 

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई बिहीबार १ बजे हृदयघात भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro