site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौँ : महेश श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थप विवादमा मुछिएको छ । काठमाडौंमा जारी ११औँ महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ ।

मुख्य प्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिमबाट उपाध्यक्ष पदमा उमेदवारी दिएका डा.केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा शून्य मत खसेपछि अनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा.बद्री केसीलाई अध्यक्षमा चुनाव जिताइएको उनीहरूको आरोप छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन् । उनले भने, "एनआरएन चुनावको नतिजामा गम्भीर धोकाधडी भएको छ । यो नतिजा हामी मान्दैनौँ । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उमेदवारले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्याभन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।"

त्यस्तै, अध्यक्षका अर्का उमेदवार आरके शर्माले एनआरएनएमा माफियातन्त्र मौलाएको भन्दै अनलाइन मतदान सिस्टम कब्जा गरेको आरोप लगाए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्