site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा कारोबार भइरहेको छ ?  

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज (बिहीबार) प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि साउन ४ गते सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसयता यो मूल्यभन्दा तल कारोबार हुँदै आएको थियो ।

बुधबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro