site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीनमा अपरेसनपछि गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी गराइएको छ ।

गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई हृदयाघात भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराइन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले गृहमन्त्री श्रेष्ठको अपरेसन गरिएको र बोल्न सक्ने अवस्थामा रहेको बताइन् ।

“गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गए राति हृदयाघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ,” सञ्चारमन्त्री शर्माले भनिन्, “उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनुहुनेछ । बोल्न सक्ने स्थितिमा आउनुभएको छ ।”

गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार उनको मुटुको एउटा भल्ब ‘ब्लक’ भएको थियो । त्यसको अपरेसन गरेर स्टेन राखिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।

चीन पुगेका गृहमन्त्री श्रेष्ठ अपरेसनपछि आईसीयूमा

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro