site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीन पुगेका गृहमन्त्री श्रेष्ठ अपरेसनपछि आईसीयूमा
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो ।

गृहमन्त्री श्रेष्ठलाई हृदयाघात भएको बताइएको छ । उनलाई ‘माइल्ड हर्ट अट्याक’ भएको उनका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

प्रेस सल्लाहकार गिरीका अनुसार श्रेष्ठको मुटुको एउटा भल्ब ‘ब्लक’ भएको थियो । त्यसको अपरेसन गरेर स्टेन राखिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।

अपरेसनपछि गृहमन्त्री श्रेष्ठ आईसीयूमा उपचाररत र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी गराएको पनि उनले बताए ।

“मुटुको एउटा भल्ब ब्लक भएको रहेछ, अपरेसन गरेर स्टेन राखिएको छ । आईसीयूमा उपचार भइरहेको छ,” उनले बाह्रखरीसित भने, “अवस्था सुधारोन्मुख छ भन्ने बताइएको छ ।”

गएको सोमबार गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका हुन् । उनी बुधबार बीआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उनले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड’ भन्ने नाराका साथ आयोजित साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro