site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चतुरभुजेसश्वरलाई हराउँदै आयोजक चिडियादह 'ए' फाइनलमा

काठमाडौं । आयोजक चिदियादह स्टार क्लब 'ए' दोस्रो चन्द्रपुर च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा चतुरभुजेसश्वर फुटबल क्लबविरुद्ध २-० को जित निकाल्दै घरेलु टिम फाइनलमा प्रवेश गरेको हो ।

रौतहटको चन्द्रपुर-५ स्थित चिडियादह स्टार क्लबको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन फोफाना र राजु पहरीले गोल गरे । खेलको १२औँ मिनेटमा फोफानाले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा राजुले चिडियादहको अग्रता दोब्बर पारे । यसपछि थप गोल हुन नसक्दा घरेलु टिम सहज जितसहित फाइनलमा प्रवेश गरेको हो ।

चिडियादहले अब उपाधिका लागि नमस्ते युवा क्लब र वीरगञ्ज युनाइटेडबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार र फाइनल खेल कात्तिक ४ गते हुनेछ ।

असोज २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । नकआउट पद्दतिमा सञ्चालित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro