site stats
बाह्रखरी :: Baahrakhari
देश
रोकी राखेको बोलेरोसँग स्कुटर ठोक्किँदा चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–१० दाहालटारमा मंगलबार राति बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । 

रोकी राखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको थियो । 

Argakhachi Cement Island Ad

मृत्यु हुनेमा पनौती नगरपालिका–७, बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकार रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका स्कुटरको पछाडि सवार १७ वर्षीय सुवोध श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्