site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीप्रेरित अर्जेन्टिनाको जित, उरुग्वेले ब्राजिललाई हरायो

काठमाडौं । फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा कप्तान लियोनल मेसीप्रेरित अर्जेन्टिनाले पेरुविरुद्ध २–० को जित निकालेको छ ।

बुधबार स्टाडियो नासिओनेल डे लिमामा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध अर्जेन्टिनालाई जित दिलाउन दुवै गोल मेसीले गरे । अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

Dabur Nepal
NIC Asia

खेलको ३२औँ मिनेटमा मेसीले अर्जेन्टिनालाई १–० को अग्रतामा राखेका थिए । त्यसको १० मिनेटपछि मेसीले नै अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाए । यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिनाले छनोटमा तीन अंक सुरक्षित ग¥यो । 

जितसँगै चार खेलबाट १२ अंक जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना अपराजित छ । सन् २०२२ को विश्वकपमा साउदी अरेबियासँग पराजित भएयता अर्जेन्टिनाले पछिल्ला १४ खेलमा शतप्रतिशत नतिजा निकालेको छ । 

समान खेलबाट एक अंक जोडेको पेरु तालिकाको नवौँ स्थानमा छ । 

बुधबार नै भएको अर्को खेलमा ब्राजिलले उरुग्वेविरुद्ध २–० हार बेहोरेको छ । उरुग्वेको राजधानी मन्टेभिडियोस्थित सेन्टानारियोना भएको खेलमा घरेलु टिमलाई जित दिलाउन डार्विन नुनेज र एन डे ला क्रुजले गोल गरे ।

जितसँगै चार खेलबाट सात अंक जोडेको उरुग्वे तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि ब्राजिल तेस्रो स्थानमा छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलको यो पहिलो हार हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro