site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायाधीश समाजको अध्यक्षमा मल्ल

काठमाडौं । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । आज सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो ।

उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ, महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल, कोषाध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती रहेका छन् ।

Dabur Nepal
NIC Asia

सदस्यमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्का रहेका छन् ।

समाजको नयाँ कार्यसमितिलाई प्रबन्ध समिति भनिन्छ । समाजको कार्यसमिति सदस्यको पदावधि दुई वर्षको हुनेछ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro