site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई रविको जवाफ : राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिने भोटर कस्ता ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् । 

सोमबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरूलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए । 

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले "आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इन्डिकेटरलाई रेडमा पुर्‍याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ? तपाईंकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहीँ कस्ता ?" भन्ने प्रश्न गरे ।

सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro