site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
केपी ओली भन्छन्– यसकारण मलाई दीपक मन पर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हास्य कलाकार दीपकराज गिरी मन पर्ने गरेको बताएका छन् । कलासँगै समाजका विभिन्न विषयमा जानकारी र चासो राख्ने गरेकै कारण दीपक आफूलाई मन पर्ने गरेको उनको भनाइ छ । 

“जिन्दगीको एउटै मात्रै आयाम हुँदैन । जिन्दगीको एउटै मात्रै रङ हुँदैन । यसका अनेक रङ हुन्छन् । यो बुझ्ने मान्छे मलाई मन पर्छ,” ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको घोषणा समारोहमा सोमबार उनी भन्छन्, “म पनि राजनीतिबाहेक अरु कुराहरू पनि बुझ्ने प्रयास गर्छु । राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन । समाजयका अन्य पक्ष पनि हेर्नुपर्छ ।”

उनले आफूलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि मन पर्ने गरेको बताए । कारण उनीहरूले जीवनका अनेक रङसँग साक्षात्कार गरेको केपी बताउँछन् । महजोडीको प्रहसन  हास्य मात्रै नहुने भन्दै त्यसभित्र सन्देश पनि हुने गरेको उनको भनाइ छ । 

“उनीहरूको प्रहसनमा तीतो औषधिलाई सुगर प्रोटेट गरेर पठाइदिएको हुन्छ । समाजका कतिपय तीता पक्ष हुन्छन्, कतिपय अफ्ठ्यारा पक्षहरू हुन्छन् । त्यसमा असहमति जनाउनु पर्ने हुनसक्छ,” केपी भन्छन्, “उनीहरूले विभिन्न कालखण्डमा सेन्सरको समस्या उनीहरूले भोग्नु परेको थियो । एकपटक उहाँहरूको प्रहसन थियो । त्यसमा ०१७ साल भन्नु पर्नेथियो । तर सेन्सरले त्यो भन्न नदिएपछि उहाँहरूले ०१७ नभनेर ०१६ र ०१८ सालको बीचको वर्ष भनेछन् । यो झन कलात्मक सुनियो । सिधै ०१७ भन्दा कलात्मक हुँदैन थियो । यसरीभन्दा झन धेरै कलात्मक भयो ।” 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro