site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्पेन र स्कटल्यान्ड युरो–२०२४ मा छनोट 

काठमाडौं । स्पेन र स्कटल्यान्ड सन् २०२४ मा हुने युरोपियन च्याम्पियनसिपमा छनोट भएका छन् ।

आइतबार राति भएको खेलमा नर्वेलाई १–० ले पराजित गर्दै स्पेनले युरो–२०२४ मा स्थान पक्का गर्‍यो । स्पेनको यही जितका कारण स्कटल्यान्ड पनि आउँदो वर्ष हुने महादेशीय च्याम्पियनसिपमा छनोट भयो ।

Dabur Nepal
NIC Asia

नर्वेस्थित उलेभाल स्टाडियोनमा पाहुना टिमलाई जित दिलाउन स्पेनका गाभीले गरेको गोल निर्णायक बन्यो । गाभीले खेलको ४९औँ मिनेटमा गोल गरेका थिए ।

समूह ‘ए’मा ६ खेलबाट समान १५ अंक जोड्दै स्पेन र स्कटल्यान्ड युरोपियन च्याम्पियनसिपमा छनोट भएका हुन् । समान अंक रहे पनि स्पेन शीर्ष र स्कटल्यान्ड दोस्रो स्थानमा रहँदै छनोट भए ।

सात खेलबाट १० अंकको नर्वे तेस्रो स्थानमा छ । सात अंककै जर्जिया चौथो र अंकविहीन साइप्रस पुछारमा छ । समूहमा स्पेन, स्कटल्यान्ड र जर्जियाले समान दुई खेल खेल्न बाँकी छ ।

आइतबारै राति भएका अन्य खेलमा वेल्सले क्रोएसियालाई हरायो । टर्कीले लात्भियालाई र रोमानियाले एन्डोरालाई समान ४–० पराजित गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro