site stats
बाह्रखरी :: Baahrakhari
देश
बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागु हुने गरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।

शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सुनुवाइ गर्न अदालत खुला रहनेछ ।

अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्