site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आईएमई बैंकका ग्राहकलाई दसैँंमा डिजिटल कारोबारमा छुटैछुट

काठमाडौं । ग्लोबल आईएमई बैंकले दसैँको अवसरमा 'ग्लोबल आईएमई बैंकको साथमा दसैँ रमाइलो' नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले आफूलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पोस्ट मेसिनबाट भुक्तानी गर्दा ३०० देखि ५०० रुपैयाँसम्मको नगद फिर्ता हुने बैंकले जानकारी दिएको छ ।

नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्नेले योजना अवधिभर कम्तीमा एकहजारको ३ वटा कारोबार गरेमा ३०० रुपैयाँ तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्दा ५०० रुपैयाँ नगद फिर्ता हुने पनि बताइएको छ ।  

यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कार्तिक ७ गते अर्थात् बडा दसैँको दिनसम्म लागु हुने छ ।

बैंकले आफ्नो मोबाईल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताले आफूलाई आवश्यक सामानहरू खरिद गर्दा क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजव संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको बैंकले जानकारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro