site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राहुल महरालाई सुन्धारास्थित केन्द्रीय कारागारभित्र राखियो

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ । 

भदौ १३ मा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशपछि उनलाई सुन्धारा कारागार चलान गरिएको हो । उनीसँगै सो अभियोगमा पक्राउ परेका लोकेन्द्र पौडेलसमेत जेल चलान भएका छन् ।

पौडेल भेपमार्फत ९ किलो सुन नेपाल भित्र्याउने चिनियाँ नागरिक दाओजिङ वाङका गाडी चालक हुन् । ६१ किलो सुन तस्करीमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङ भने यसअघि नै जेल पुगेका थिए । ९ किलो सुनमा समेत उनको संलग्नता खुलेको थियो । 

त्यस्तै, बौद्धका निमा गुरुङको समेत ९ किलो सुन तस्करीमा संलग्न देखिएको छ । उनी भने फरार छन् ।

हाल सुन्धारा कागारभित्र भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro