site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
माल्टाविरुद्ध इटालीको सहज जित

काठमाडौं । युरो च्याम्पियनसिप २०२४ छनोटमा इटालीले माल्टाविरुद्ध ४–० को सहज जित निकालेको छ ।

घरेलु मैदान स्टाडियो सान निकोलामा सम्पन्न खेलमा इटालीको जितमा डोमेन्को बेरार्डीले दुई गोल गरे । यस्तै, जियाकोमो बोनाभेन्चुरा, डेभिड फ्रटेसीले गोल गरे ।

Dabur Nepal
NIC Asia

खेलको २३औँ मिनेटमा बोनाभेन्चुराले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बेरार्डीले गोल गरेपछि इटालीले अग्रतालाई दोब्बर बनाएको थियो ।

६३औँ मिनेटमा बेरार्डीले नै गरेको गोलबाट इटालीले अग्रतालाई ३–० मा पुर्‍यायो । यस्तै, इन्जुरी टाइममा फ्रटेसीले गोल गरेपछि इटालीले ४–० को सहज जित निश्चित गर्‍यो ।

जितसँगै समूह 'सी' मा पाँच खेलबाट १० अंक जोडेको इटाली दोस्रो स्थानमा उक्लिएको छ । यो समूहमा १३ अंकसहित इङ्ल्यान्ड तालिकाको शीर्ष स्थानम छ । ६ खेल खेल्दा पनि अंकविहीन माल्टा समूहको पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro