site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले अत्यन्तै गैरजिम्मेवार भूमिकामा छ : कृषिमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले नेकपा (एमाले)ले मुलुकमा अत्यन्तै गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् । संघ, प्रदेश र संसद्‌मा समेत एमालेले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो ।

शनिबार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कोसी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघ सरकारलाई कुनै असर नगर्ने उल्लेख गरे । उनले एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको टिप्पणी गरे ।

“एमाले मुलुकमा अस्थिरता चाहन्छ । र, अस्थिरतामा आफूले फाइदा लिन चाहन्छ । अहिले पनि उसको भूमिका त्यही नै छ । चाहे प्रदेश सरकारको कुरा गरौँ, चाहे संघीय सरकारको कुरा गरौँ । चाहे संसद्भित्रको कुरा गरौँ । जहाँ पनि उसको भूमिका भनेको मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्ने, त्यस्तो खालको गतिविधि गर्ने गरेको छ,” उनले भने, “अत्यन्तै गैरजिम्मेवार भूमिकामा एमाले छ । उसको प्रयत्न त होला, तर त्यसले तात्त्विक भिन्नता ल्याउलाजस्तो मलाईचाहिँ लाग्दैन । कोसी प्रदेशमा चाहिँ अत्यन्तै साँघुरो मत भएको हुनाले त्यसो हुन गएको हो ।”

एक अर्को प्रसंगमा मन्त्री भुसालले सरकारले कृषिक्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्न अभियान चलाउन लागेको बताए । बाँझो जमिनको पहिचान गरी त्यस्ता स्थानमा खेती गर्न किसानलाई प्रेरित गर्ने योजना उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro