site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघीयताअन्तर्गत प्रदेश संरचना मुलुकका निम्ति घाँडो भएको उनको तर्क छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भन्दै प्रश्न गरे । नेपालजस्तो सानो देशका निम्ति १०० भन्दा बढी मन्त्री र पाँच÷सात सयको संख्यामा सांसद आवश्यक नभएकाले कटौती गर्नुपर्नेमा उनले जोड दिए ।

वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै अध्यक्ष थापाले सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरूलाई आग्रह समेत गरे ।

सनातन धर्मको संरक्षण र भ्रष्ट व्यवस्था सुधारका निम्ति आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro