site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय दलको नेताबाट राजीनामा दिँदै थापाले भने– मुख्यमन्त्रीलाई हामीले विद्रोही ठानेका छैनौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले राजीनामा दिएका छन् । उनले आज कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । 

थापाले आफूले नैतिक रुपमा राजीनामा दिएको बताएका छन् । कांग्रेसकै प्रदेशसभा सदस्य केदार कार्की पार्टीबाट विद्रोह गर्दै बहुमत जुटाएर मुख्यमन्त्री बनेपछि थापाले राजीनामा दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक घटनाक्रममा एउटा कारक आफू पनि भएको भन्ने सोच बनाएर राजीनामा दिएको उनले बताएका छन् । मुख्यमन्त्री बन्नु र आफ्नो राजीनामा दिनु संयोगमात्र भएको थापाको भनाइ छ ।

“मुख्यमन्त्री केदार कार्की हुने र आफूहरु प्रतिपक्ष हुने होइन उहाँ गठबन्धनकै मुख्यमन्त्री हुने सम्भावना छ,” उनले भने । 

Global Ime bank

उनले अब दलको नेता सहमतिमा फेरि चयन गर्ने बताए । विश्वासको मत लिँदा संख्या नपुगेमा आफूहरुले पनि मत हाल्ने उनले स्पष्ट पारे ।  केन्द्रको निर्देशन अनुसार अघि बढ्ने बताएका थापाले मुख्यमन्त्रलाई विद्रोही भनेर आफूहरुले नठानेको बताए । कार्की नेतृत्वको सरकार २०८४ सम्म रहने उनको भनाइ छ । 

final-1697269955.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय