site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
तार अन्डरग्राउन्ड गर्दा फाइबर काटिएपछि काठमाडौंमा टेलिकमको सेवा अवरुद्ध 

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । नेपाल विद्युत् प्राधिकरणले तार जमिनमुनी हाल्ने क्रममा टेलिकमको फाइबर लाइन काटिएपछि सेवामा समस्या आएको हो । 

काठमाडौं र भक्तपुर जोड्ने मनोहरापुल क्षेत्रमा विद्युत् प्राधिकरणले ‘अन्डरग्राउन्ड’ गर्न खन्ने क्रममा फाइबर लाइन काटिएपछि कागेश्वरी मनोहरा नगरपालिकाका केही र उक्त फाइबरको नेटवर्कमा रहेका ठाउँमा समस्या आएको हो । 

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले फाइबर लाइन काटिँदा फाइबर टू दी होम (एफटीटीएच) र डाटा सेवामा समस्या आएको बताएका छन् । 

“फोन लाग्ने सेवामा खासै समस्या नआएको हुनसक्छ, एफटीटीएच र डाटा सेवामा समस्या भएको छ,” अहिले समाधानका लागि काम भइरहेको र रातिको समयमा फाइबर जोड्न सहज नहुने भएकाले भोलि समस्या समाधान हुने उनले बताए । 

“मुख्य हाइवेकै फाइबर लाइन काटिएको रहेछ । समाधानका लागि काम भइरहेको छ तर, रात परिसकेकाले आजै सकिन्छ या सकिन्न भन्न नसकिने अवस्था छ । भोलि समाधान भइसक्छ,” टेलिकमका प्रवक्ता अधिकारीले भने । 

विद्युत् प्राधिकरणले त्यहाँ खन्ने क्रममा टेलिकमलाई जानकारी नगराउँदा फाइबर लाइन काटिएको टेलिकममले जनाएको छ । प्राधिकरणले समन्वय गरेको भए वा जानकारी गराएको भए त्यो बचाउन सकिने टेलिकमको भनाइ छ । पटक–पटक यस्तो समस्या हुने गरेकोमा प्राधिकरणसँग टेलिकमले असन्तुष्टिसमेत जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro