![कोसीमा सांसद सनाखतका लागि प्रदेश प्रमुखले मागे भोलिसम्मको समय](https://12khari.top/uploads/posts/Koshi-P-1697200391.jpg)
काठमाडौं । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सांसदहरूको सनाखतका लागि समय मागेका छन् । एमालेका सचेतक रेवतीरमण भण्डारीले प्रदेश प्रमुखले भोलि २ बजेसम्मको समय मागेको जानकारी दिए ।
मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् । अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् ।
कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ ।
एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।
मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझसम्मको समय दिएका थिए ।