site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने सामूहिक हत्या प्रकरण : जीवित रहेसम्म कैद सजाय माग गर्दै भण्डारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । तीनकुने सामूहिक हत्या प्रकरणका आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । शुक्रबार जिल्ला सरकारी वलिक कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

भदौ ३० मा काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भण्डारीले सुरक्षा गार्डको रुपमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र धनकुटाका नवीन भनिने विशाल राईको सामूहिक हत्या गरेका थिए ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधार वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।

सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा आरोपी भण्डारीलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको माग गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१ (क) बमोजिम प्रतिवादीलाई जीवित रहेसम्म कैद हुनेगरी  जन्मकैदको सजायको माग‍ गरी अभियोगपत्र पेस गरिएको हो ।

प्रहरीले अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

आरोपी भण्डारी जन्मजात बोल्न सक्दैनन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro