site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टेरामक्सले फोन रेकर्ड गर्दैन, न त एसएमएस नै पढ्न सक्छः : अध्यक्ष खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेरामक्सले फोन कल रेकर्ड नगर्ने र एसएमएस पनि पढ्न नसक्ने बताएका छन् ।  

प्राधिकरणले सञ्चालनमा ल्याउन खोजेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स यतिबेला विवादित बनेको छ ।

यस विषयमा बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्राधिकरणका अध्यक्ष खनालले टेलिकम कम्पनीले गर्ने बदमासी रोक्न टेरामक्स ल्याउन लागेको बताएका हुन् ।

उनले टेरामक्सले व्यक्तिगत डेटा नराख्ने भएकाले फोन ट्याप (रेकर्ड) नगर्ने दाबी गरेका छन् ।

उनले भने, “टेरामक्स कस्टुम डिजाइनको लागि नियमन निकायलाई नियमन गर्नको लागि के–के आवश्यक पर्छ त्यो मात्रै बनाउनको लागि आएको हो । विशेषगरी कल ट्यापिङ छ की भन्ने हिसाबका कुरा भइरहेका छन् । विश्वका कुनै पनि दूरसञ्चार कम्पनीहरूले सबै कल ट्यापिङ गर्न सक्दैन । टेरामक्सले फोन ट्यापिङ गर्दैन । यसमा एसएमएस रिड पनि गर्दैनौँ । यसमा एसएमएस रिड पनि गर्दैनौँ ।”

प्राधिकरणले टेलिकम कम्पनीले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्न टेरामक्स आवश्यक परेको उनको भनाइ छ ।

उनले अघि भने, “अझ सुरक्षित गराउनको लागि प्राधिकरणलाई जेजति डाटा चाहिन्छ त्यो मात्रै राख्छ । टेरामक्सले कहाँबाट कल आएको हो र त्यसको कलको शुल्कदर कति थियो । नेपालमा आउँदा कति मोनिटरिङ भयो । त्यति मात्रै हामीलाई चाहिने हो ।”

मलेसिया, भारत, पाकिस्तान, चीन, बंगलादेश, इन्डोनेसिया, सिंगापुर, अमेरिका र बेलायत लगायतले सम्पूर्ण विवतरण गर्ने भनेर गरिरहेका बताए । 

उनले आवदेन परेका कम्पनीहरूको लागत मूल्य त्यति धेरै ठूलो नभएको दाबी गरेका छन् । “२०७४/७५ मा सम्झौता गरेर त्यो बेलाको प्रविधिअनुसार गरेको टेन्डर अहिलेको विकसित प्रविधिहररू आएकाले अहिले र त्यो बेलाको मूल्यमा तुलना गरेर टेरामक्सलाई न्याय हुँदैन ।”

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro