site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उजुरी पर्दैमा सुदर्शनलाई पक्राउ नगर्न निर्देशक समाजको आग्रह

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक भएको बताएको छ । चलचित्र ‘प्रसाद–२’को विवादलाई लिएर सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

सुदर्शन ‘प्रसाद–२’को निर्देशक मात्रै भएको र पारिश्रमिक लिएर काम गरेकाले उनलाई पक्राउ गर्न नहुने समाजको तर्क छ । उनी निर्देशक समाजको सदस्य पनि हुन् ।  

“चलचित्र प्रसाद– २ का लागि पारिश्रमिक लिएर निर्देशकको जिम्मेवारी पाएका सुदर्शन थापा एक श्रमजिवी चलचित्रकर्मी हुन् । उनी यस चलचित्रका निर्माता पनि होइनन् । उहाँलाई यस चलचित्रमा पारिश्रमिक प्रदान गरी निर्देशकीय जिम्मेवारी मात्र प्रदान गरिएको हो,” समाजले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “निर्देशकले फिल्म पूर्णरुपमा बनाई निर्माताको आदेश बमोजिम प्रदर्शनका लागि सहयोग मात्र गर्ने हो । यस्तो अवस्थामा प्रहरीले बिनाकारण, बिनाप्रमाण, एकतर्फी रूपमा चलचित्र बिक्रीवितरणको आरोप लगाउँदै परेको उजुरीको भरमा प्रकाउ पुर्जी जारी गर्नु आपत्तिजनक छ ।”

समाजले चलचित्र क्षेत्रमा परेका समस्या समाधान गर्न चलचित्रकर्मीका संस्थाहरू आफैँ सक्षम रहेको बताएको छ । चलचित्र क्षेत्रलाई असर पुग्नेगरी संघसंस्थाको बाटो छलेर प्रहरी प्रशासन र कानुन समक्ष पुग्ने र चलचित्र क्षेत्रको छवि धुमिल बनाउने व्यक्ति तथा संस्थालाई अदालत र प्रहरी प्रशासनले सरोकारवालाको संस्थामा गएर छलफल गर्ने र मिलापत्र गर्ने वातावरण बनाइदिन पनि समाजले आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro