site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाउने पक्राउ, तीनजना घाइते
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् ।

गएको मंगलबार (असोज २३) बिहान करिब साढे ९ बजे प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लिएको हो । सुवास ललितपुर महानगरपालिका–१७, ग्वार्कोमा बस्दै आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको सोमबार सुवासले ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा कार्यरत पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार थिए । सुवास पनि सोही ह्यान्डग्राफीमा कार्यरत कर्मचारी भएको महानगरीय अपराध महाशाखाका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

महाशाखाकै टोलीले सुवासलाई पक्राउ गरेको हो । उनी र अरुण पर्साको एकै स्थानका भएको प्रहरीले जनाएको छ ।

Global Ime bank

सुवासले पेट्रोल छर्केर आगो लगाउँदा अरुणसहित तीनजना घाइते भएका छन् । आगो सल्किएर सोही स्थानमा रहेका अरू दुई व्यक्ति समेत घाइते भएका एसपी रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्निङ अस्पतालमा घाइतेको उपचार भइरहेको छ । पक्राउ परेका सुवासलाई थप अनुसन्धान र कारबाहीका  निम्ति प्रहरी वृत्त सातदोबाटोमा पठाइएको सो महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय