site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईसँग खेल्ने
फाइल तस्बिर ।

काठमाडौं । घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार निकालेको तालिका अनुसार नेपालले कार्तिक १ गते यूएईसँग खेल्ने छ । नेपालले कार्तिक २ गते र ४ गते हङकङसँग खेल्ने छ ।

नेपालले कार्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्ने छ । यूएई र हङकङ भने कार्तिक ५ र ८ मा भिड्ने छन् ।

शृङ्खलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । शृङ्खलाकाे फाइलन कार्तिक १० गते हुने छ ।

प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुने छ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने छन् । खेल बिहान ११ बजे हुने छ । 

नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृङ्खला आयोजना गर्न लागेको हो ।

विश्वकपको एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्