site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चैत मसान्तसम्म संगठनात्मक रूपमा एमाले तन्दुरुस्त बन्छ : सचिव भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रूपमा एमाले तन्दुरुस्त बन्ने बताएका छन् ।

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताए ।

उनले भने, "चाडपर्वहरू सम्पन्न गरेपछि हाम्रो जिल्ला अधिवेशन हुन्छ । त्यसपछि हाम्रो पालिका अधिवेशन हुन्छ । त्यसपछि हाम्रो वडा अधिवेशन हुँदै टोल अधिवेशन हुन्छ । र चैत मसान्तसम्म पुग्दा एमाले संगठनात्मक हिसाबले तन्दुरुस्त हुन्छ ।"

उनले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको पनि बताए । एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए । एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मुल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रमा हुने अधिवेशनमा एक हजार २७ प्रतिनिधिको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराइले बताए ।

उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुनेगरी प्रादेशिक समिति छनोट गरिने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro