site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलमा १० देशका नागरिकको मृत्यु, थाइल्यान्ड, नेपाल र अमेरिकाका धेरै

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् ।

द्वन्द्वका क्रममा इजरायलमा ९०० र हमास नियन्त्रित क्षेत्र गाजामा ६९० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भूमिमा आक्रमण गर्नेविरुद्ध बदलाको यो सुरुआत मात्र भएको बताएका छन् ।

इजरायलमा ज्यान गुमाउने विदेशीमा अहिलेसम्मको तथ्यांकानुसार सबैभन्दा बढी थाई नागरिक छन् । थाइल्यान्डको विदेश मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने आफ्ना नागरिकको संख्या १८ पुगेको बताएका छन् । अरू केही थाई नागरिक सम्पर्कविहीन छन् ।

Dabur Nepal

यस्तै, इजरायलमा १० नेपाली नागरिकको मृत्यु भएको छ । केही नेपाली घाइते छन् ।

यो द्वन्द्वमा नौ अमेरिकी नागरिकको मृत्यु भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।

त्यहाँ क्यानडाका एकको मृत्यु र दुई बेपत्ता, बेलायतका १० भन्दा बढी नागरिकको मृत्यु एवं बेपत्ता र फ्रान्सका एकको मृत्यु र केही बेपत्ता छन् ।

चीन र जर्मनीका ज्यान गुमाउने एवं सम्पर्कविहीन नागरिकको संख्या पुष्टि भएको छैन ।

पाराग्वे र युक्रेनका दुईजनाको मृत्यु भएको छ । रुस र कम्बोडियाका एक/एकजनाको मृत्यु भएको बताइएको छ ।

मेक्सिकोका दुईजना अपहरणमा परेका, तान्जानियाका दुई र आयरल्यान्डका एकजना घाइते रहेका जेरुसेलम पोस्टले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro