site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गलत अर्थ लाग्ने भिडियो तत्काल हटाइयोस् : सांसद पन्त
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नाबारे गलत अर्थ लाग्ने भिडियो तत्काल हटाउन आग्रह गरेका छन् । आफ्ना कतिपय भनाइलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडियो बनाएर टिकटक, युट्युबमा राखिएको उनको भनाइ छ ।

त्यस कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन् । “इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परी मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडियो बनाएर टिकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” उनले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी मारिएका नागरिकप्रति सांसद पन्तले श्रद्धाञ्जली व्यक्त गरेका छन् । शोकसन्तप्त परिवारजनमा उनले गहिरो समवेदना प्रकट गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फरक प्रश्नको जवाफ दिँदा बोलेका विषयलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडियो बनाएर प्रचार गरिएको उनले स्पष्ट पारेका छन् । त्यस्तो कार्य आपत्तिजनक भएको भन्दै उनले तत्काल भिडियो हटाउन माग गरेका छन् ।

“बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडियो बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकोले भिडियोहरू तत्काल हटाउन माग गर्दछु,” उनले भनेका छन्, “यस्तो काम गलत भएकोले यस्ता भिडियो बनाएर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु ।”

Global Ime bank

सरकारले इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्नुपर्नेमा उनले जोड दिएका छन् । मारिएका नेपालीका परिवारलाई इजरायली सरकारबाट थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थाल्न उनले आग्रह गरेका छन् ।

“सरकारले तदारुकताका साथ इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गरोस् र मारिएका नेपालीहरूको परिवारलाई इजरायली सरकारबाट थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थालोस्,” उनले विज्ञप्तिमा लेखेका छन् ।

आफ्नो भनाइलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडियो बनाएर प्रचार गरिँदा सम्बन्धित पक्षमा चोट परेको भए त्यसप्रति उनले दुःख पनि व्यक्त गरेका छन् ।

“मेरो भनाइलाई काँटछाँट गरी त्यसरी गलत अर्थ लाग्ने भिडियो बनाई प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिहरूको भावनामा चोट पर्न गएको भए त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछु र कसैलाई पनि चोट पुर्‍याउने मेरो आशय नभएको कुरा व्यक्त गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement