site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अरिंगालले टोकेर दुई बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–१, धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय नौ महिनाकी निर्जला र तीन वर्षीया सुस्मिता छन् ।

टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारीअनुसार घाइते निर्जलाको उपचारका निम्ति छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको थियो । सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिंगालले टोकेर घाइते भएको प्रमुख बस्नेतले बताए ।

गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा उनीहरूलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro