site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से साढे १२ अंकले घट्यो, कारोबार रकममा गिरावट
SkywellSkywell

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से १२.५८ अंकले घटेर १९०८.६६ को विन्दुमा झरेको छ । कारोबार रकम पनि घटेको छ ।

यस दिन २८७ धितोपत्रका ४३ लाख २७ हजार १७९ कित्ता सेयर एक अर्ब १७ करोड एक लाख ७२ हजार ७२२ रुपैयाँमा किनबेच भएको छ । आइतबार २८९ धितोपत्रका ५८ लाख १५ हजार १८९ कित्ता सेयर एक अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँमा किनबेच भएको थियो ।

KFC Island Ad
NIC Asia

सोमबार सेन्सेटिभ इन्डेक्स पनि ०.७७ प्रतिशतले घटेर ३६४.७४ को विन्दु कायम भएको छ ।

१३ उपसमूहमध्ये दुईको समूहगत सूचक उकालो लागेको छ । उत्पादन तथा प्रशोधन र व्यापर उपसमूहको समूहगत सूचक बढेको छ । ११ उपसमूहको समूहगत सूचक घटेको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५१३ रुपैयाँ कायम भएको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro