site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायल–हमास द्वन्द्व : नेपाली नागरिकबारे निर्णय लिन बैठक जारी

काठमाडौं । इजरायल र हमासबीच जारी द्वन्द्व र त्यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बैठक जारी छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको हो ।

आइतबार सरकारले मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्नेछ ।

Dabur Nepal
NIC Asia

उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय र सहयोग गर्नेलगायत काम गर्ने संयन्त्रलाई कार्यादेश छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार एक्कासि इजरायलमाथि आक्रमण गरेपछि दुईतर्फी लडाइँ जारी छ । द्वन्द्वमा १० नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ठूलो संख्यामा मानिस घाइते छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro