site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायल–प्यालेस्टिन द्वन्द्व : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा ११ सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ७०० बढी नागरिकको मृत्यु भएको बताएको छ ।

यस्तै, प्यालेस्टाइनीहरूले गाजामा आफ्ना ४१३ भन्दा बढी नागरिकको मृत्यु भएको बताएको बीबीसीले जनाएको छ । दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।

आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ ।

अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ ।

नेपालसहित अन्य धेरै देशले इजरायलमा आफ्ना नागरिकको समेत मृत्यु भएको बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro