राजनीति

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक, २०८० माथि छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
सभामुखले विद्युत् विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० ०८:०९
प्रतिक्रिया दिनुहोस्