site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा तीनजनाको दाबेदारी

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको नेतृत्वका निम्ति तीन दाबेदार देखिएका छन् । तीन नेताले मुख्य पदको आकांक्षा व्यक्त गरेका हुन् ।

अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहको दाबेदारी छ । जैसी एमाले सुदूरपश्चिम कमिटी सचिवालय सदस्य हुन् । गएको प्रदेशसभा सदस्य निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर–१ ‘ख’ बाट उमेदवार बनेका थिए । पराजित भए ।

प्रदेश कमिटीका बहालवाला उपाध्यक्ष तिमिल्सिनाले आफू अध्यक्षको उमेदवार रहेको बताए । पार्टी नेतृत्वसँग छलफल गरेरै उमेदवारी घोषणा गरेको उनको भनाइ छ ।

“म लामो समयदेखि पार्टीको विभिन्न तहमा रहेर काम गरेको छु, प्रथम अधिवेशनबाट नेतृत्वका लागि दाबेदारी छ,” उनले बाह्रखरीसित भने, “नेतृत्वको सल्लाहमा नै अघि बढेको हुँ ।”

अर्का दाबेदार राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष सिंहले पत्रकार सम्मेलनमार्फत उमेदवारी घोषणा गरेका हुन् । गएको निर्वाचनमा उनी कञ्चनपुर क्षेत्र नम्बर–२ ‘क’बाट उमेदवार बनेका थिए । चुनाव जित्न सकेनन् ।

उनी सहमतिमा नेतृत्व चयन होस् भन्ने पक्षमा देखिन्छन् । उनले पनि पार्टी नेतृत्वसँगै छलफल गरेरै अघि बढेको बताए ।

सहमतिको प्रयास 
आइतबार अधिवेशनको उद्घाटनका निम्ति पार्टी अध्यक्ष केपी शर्मा ओली धनगढी पुगिसकेका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १५५ सदस्यीय प्रदेश कमिटी चुनिनेछ । अधिवेशनमा ६६१ प्रतिनिधि छन् ।

अध्यक्षमा तीन आकांक्षी देखिएपछि नेताहरू सहमतिको प्रयासमा जुटेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापाले सहमतिको प्रयास भइरहेको बताए ।

“सर्वसम्मत नेतृत्व चयनका लागि हामीले प्रयास गरिरहेका छौँ,” उनले भने ।

थापाले जैसीका नाममा सहमतिका लागि ‘लबिइङ’ गरिरहेका स्रोतको जिकिर छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro