site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायल–हमास युद्ध : गाजापट्टीमा रहेका घाइते नेपालीको उद्धारमा कठिनाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायलबीचको युद्ध नरोकिँदा गाजापट्टीमा घाइते अवस्थामा रहेका नेपालीको उद्धारमा कठिनाइ भएको छ ।

हमास र इजरायली सेनाबीच गोली हानाहानको अवस्था रहेकोले त्यहाँ रहेका घाइते नेपालीको उद्धार गर्न नसकिएको हो ।

“अहिले हामी जान सक्ने अवस्थामा छैनौँ । सकेसम्म नेपालीको सूचना संकलन गर्ने कार्य गरिरहेका छौँ,” इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले बाह्रखरीसँग भने, “इजरायली सेनाले उक्त स्थानलाई नियन्त्रणमा लिइसकेको छैन । नियन्त्रणमा लिएपछि उद्धारसम्बन्धी कार्य अघि अढ्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

हमासले शनिबार एक्कासी इजरायलमाथि आक्रमण सुरु गरेको थियो । हमासले हजारौं रकेट इजरायली भूमिमा प्रहार गरेको थियो ।

गाजाँपट्टीमा हमासको आक्रमणमा १७ जना नेपाली परेका थिए । उनीहरूमध्ये ९ जना घाइते भएका थिए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Global Ime bank

अन्तर्राष्ट्रिय केही मिडियाहरूका अनुसार १७ जना नेपालीलाई हमासले केही समय आफूसँगै राखेको र पछि छोडिदिएका थिए । दुई पक्षबीच युद्ध नरोकिँदा अहिले ती नेपालीहरूको उद्धार गर्न सकिएको छैन ।

हमास र इजरायली सेनाबीच गोलाबारी चलिरहेका कारण गाजापट्टीमा जान सक्ने अवस्था छैन । गाजापट्टीमा कति जना नेपाली छन् र कस्तो अवस्थामा छन् भन्ने पनि केही खुलेको छैन ।

युद्ध चलिरहेको क्षेत्रमा अधिकांश मानिस बंकर भित्र बसेको र बंकरमा बस्दा मोबाइलले काम नगरेका कारण पनि धेरैसँग सम्पर्क हुन नसकेको भनाइ नेपाली दूतावासको छ ।

युद्धग्रस्त क्षेत्रमा रहका नेपाली नागरिकको सुरक्षाको लागि आवश्यक कदम चाल्न नेपाली दूतावासले इजरायलको विदेश मन्त्रालयलाई भनिसकेको छ ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीको उद्धार कार्य आइतबार हुनसक्ने बताएका छन् ।

“एनआरएनए एनसीसी इजरायलले दक्षिणी भाग युद्ध प्रभावित क्षेत्र जहाँ हिजो (शनिबार) हाम्रा विद्यार्थी भाइहरूले क्षति व्यहोर्नु परेको छ त्यस क्षेत्रमा बसोवास गरिरहेका नेपालीहरूलाई यथासक्य सुरक्षित क्षेत्रतिर सार्न विशेष पहल गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई दबाब सृजना गरिरहेका छौँ । सम्भवत आज (आइतबार) बिहानैदेखि त्यसको सुरुवात हुनेमा विश्वस्त छु,” उनले फेसबुकमा लेखेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासको आक्रमणमा परी २५० जना इजरायली नगारिकको मृत्यु भएको छ । एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।

हमासले शनिबार बिहान अचानक इजरायली भू–भागमा आक्रमण गरेको थियो । हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो ।

रकेट आक्रमणसँगै हमासका लडाकूहरू हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ ।

हमासले केही इजरायली सेनालाई पक्राउ गरि बन्दी बनाएको दाबी समेत गरेको छ । इजरायलको सेनाले पनि उक्त दाबीलाई स्वीकार गरेको छ तर कति सेना हमासको कब्जामा छन् भन्ने खुलाएको छैन ।

इजरायलले गरेको जवाफी आक्रमणमा २३० जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एक हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार हाल इजरायलमा चार हजारदेखि पाँच हजारसम्म नेपाली रहेको अनुमान छ । इजरायल जाने अधिकांश नेपाली त्यहाँ केयर टेकरको रुपमा काम गर्ने गर्छन् ।

नेपाली दूतावासका अनुसार इजरायलमा पढ्न जाने नेपालीको संख्या सानो छ । नेपाली विद्यार्थी कृषि विषयमा ११ महिने इन्टर्नसिपको लागि इजरायल जाने गर्छन् । इजरायलका दुई वटा विश्वविद्यालयले करिव एक/एक सय विद्यार्थीलाई ११ महिने इन्टर्नसिप गराउने गर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement