site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बेलिंघमको दुई गोलप्रेरित रियालको सहज जित

काठमाडौं । जुड बेलिंघमको दुई गोलप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनाविरुद्ध ४–० को सहज जित निकालेको छ ।

शनिबार घरेलु मैदान सान्टियागो बर्नबेउमा सहज जित दिलाउन बेलिंघमले दुई गोल गर्दा भिनिसियस जुनियर र जोसुलाले समान एक गोल गरे ।

Dabur Nepal
NIC Asia

नवौँ मिनेटमा बेलिंघमले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । बेलिंघमको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको रियालले दोस्रो हाफमा तीन गोल थप्यो ।

५४औँ मिनेटमा बेलिंघमले नै रियालको अग्रता दोब्बर पारे । यसै समरमा रियाल भित्रिएका बेलिंघमले ला लिगामा गरेको यो आठौँ गोल हो । ६५औँ मिनेटमा भिनिसियसको गोलमा रियालले अग्रतालाई ३–० मा पुर्‍यायो । त्यसको पाँच मिनेटपछि जोसुलाले गोल गरेपछि रियालले ४–० को सहज जित पक्का सुनिश्चित गर्‍यो ।

जितसँगै नौ खेलबाट २४ अंक जोडेको रियाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ला लिगामा रियालको यो आठौं जित हो । रियाललाई पछ्याइरहेका जिरुनाले समान खेलबाट २२ अंक जोडेको छ । अर्को चिर–प्रतिद्वन्दी बार्सिलोना भने आठ खेलमा २० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

लिगमा पाँचौँ हार बेहोरेको ओसासुना भने तालिकाको १०औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro