site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका हुँदैन : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित विद्युत् विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्ने भएकाले आफूहरू प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले विद्युत् विधेयक, २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसद्बाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

“हामी संसद्‌मा विद्युत् विधेयकका विषयमा राम्रो छलफल गर्छौँ । यो हाम्रो भूमिका भनेको प्रतिपक्षीय भूमिकाको कुरा होइन । हाम्रो भूमिका प्रतिपक्षको भूमिका होइन, राष्ट्रिय भूमिका हुन्छ । राष्ट्रको हितको भूमिका हुन्छ । त्यसको पक्षमा हुन्छ । हामी प्रतिपक्षको भूमिकाका आफूलाई प्रस्तुत गर्दैनौँ,” उनले भने, “म साथीहरूलाई आग्रह गर्न चाहन्छु कि यो छलफल त दलीय आधारमा होला, तर कानुन त दलीय कानुन हुँदैन । राष्ट्रको कानुन निर्माण हुन्छ । त्यसकारण यसमा दलीय प्रश्न होइन, राष्ट्रको प्रश्न, दलको हित होइन, राष्ट्रको हित । यसलाई ध्यानमा राखेर हामीले छलफल गरेका छौँ । छलफलको उद्देश्य पनि त्यही हो । यस विधेयकको सन्दर्भमा हाम्रो पार्टीको रचनात्मक सहयोग हुन्छ । हाम्रो प्रस्तुति पक्षधरताको हुँदैन ।”

कानुन निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुनेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro