site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादीले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइ पुष्टि गर्नुपर्‍यो : लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीले लोकतन्त्रविरोधी के गतिविधि गरे ? भन्दै प्रश्न गरे ।

पूर्वराजा ज्ञानेन्द्र र राजावादीले लोकतन्त्रविरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने अरू सांसदको अभिव्यक्तिप्रति उनले आक्रोश व्यक्त गरे ।

सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नलाई जेलबाट छोड्नेलगायत कार्य लोकतान्त्रिक हो ? भन्दै उनले सरकार र सत्तासाझेदार दलका नेतालाई प्रश्न समेत गरे ।

“केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन्, त्यसको निगरानी गर्नुपर्‍यो, राजा ज्ञानेन्द्र पनि लोकतन्त्रविरोधी गतिविधिमा संलग्न भएका छन्, उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ ? र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ ? र, लोकतन्त्रविरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु,” उनले भने, “र, त्यसको बारेमा प्रस्ट पार्न म ती वक्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु । जघन्य अपराधका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु ।”

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro